महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा २ कोड ९ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले ३ करोड ३४ लाख २१ हजार रुपैयाँले आफ्नो खुद नाफा बढाएको हो । लघुवित्तको ब्याज आम्दानी र अन्य सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उच्च रुपमा बढ्न पुगेको हो ।
जगेडा कोषमा १८ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.४५ प्रतिशत छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १८१.२७ रुपैयाँ छ ।
चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको लघुवित्तले सर्वसाधारणमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न गत मंसिर ३ गते नियामक निकायमा आवेदन दिएको छ । आईपीओपछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशनका लागि लघुवित्तले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरिसकेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७८ करोड ५३ लाख रुपैयाँ निक्षेप र १ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
पुससम्ममा लघुवित्तले ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ६ करोड ५२ लाख १७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ६ करोड १४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड १५ लाख २० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया