सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

0
Shares

सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्त सञ्चालक समितिको माघ ८ गते बिहीबार सम्पन्न १५५ औं सञ्चालक समितिको बैठकले बिना लाभांश फागुन ५ गते सातौं वार्षिक वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

लघुवित्तलाई नेपाल राष्ट्र बैंकले माघ ८ गते आव २०७६।७७ को वित्तीय विवरण स्वीकृति गर्दै साधारण सभाका लागि अनुमति दिएको थियो ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले माघ २५ गते आइतबार लघुवित्तको शेयर दाखिाला खारेजी बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार माघ २२ गते बिहीबारसम्म कायम लगानीकर्ताले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७७, शुक्रबार  १२ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।