
चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बाँडफाँड गरेको प्राथमिक शेयर (आईपीओ) को नतिजा नोटबजारमा प्रकाशित भएको छ । कम्पनीले १ लाख ३९ हजार ६०२ आवेदकलाई १० कित्ताका दरले शेयर वितरण गरेको छ । बाँकी रहेको २ कित्ता शेयर १ लाख ३९ हजार ६०२ मध्ये गोलाप्रथाबाट २ जनाले प्राप्त गरेका छन् ।
कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १२ लाख ११ हजार ११५ जना योग्य आवेदक भएका थिए । सदर आवेदकमध्ये भाग्मानी १ लाख ३९ हजार ६०० जनाले १० कित्ता र २ जनाले ११ कित्ता शेयर पाएका हुन् ।
आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ रिजल्ट (IPO Result) मा जानुहोस् । त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया