
नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को सञ्चालकमा भुवनेश्वर प्रसाद शाह र विकास थापा चयन भएका छन् ।
बैंकको माघ ८ गते सम्पन्न ३४ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी शाह र थापा निर्विरोध निर्वाचित भएको बैंकका कम्पनी सचिव सुधीरमान श्रेष्ठले जानकारी दिए ।
बैंकको ३४ औं वार्षिक साधारण सभाले १३ प्रतिशत बोनश शेयर तथा ५.५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया