गरिमा विकासको बोनस खाने कि ! नखाने निर्णय गर्ने आज अन्तिम दिन

0
Shares

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको प्रस्ताव गरेको १३.५ प्रतिशत बोनस शेयर खाने कि नखार्ने निर्णय गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकको प्रस्तावित बोनस शेयर नखाने लगानीकर्ताले आज शेयर बिक्री गरी बाहिरिन सक्छन् भने बोनस शेयर खाने लगानीकर्ताले शेयर खरीद गरी शेयरधनी कायम हुन सक्नेछन् । आइतबारपछि बोनसमा समायोजित शेयरमूल्यमा शेयर खरीद गर्ने लगानीकर्ताले भने बोनस पाउँदैनन् ।

बैंकले लाभांश पारित गर्न माघ ३० गते बोलाएको १४ औं वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि फाइनान्सले माघ १२ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कोरोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८ रुपैयाँ रहेको छ । ४३ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

यस्तै साधारण सभाले सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न प्रबन्धपत्रमा उद्देश्य तथा कार्यहरु थप गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बैंकको सञ्चालक समितिको बैठक, साधारण सभा लगायतका बैठक तथा सभाहरु विद्युतिय माध्यमबाट पनि गर्न सक्ने गरी नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु सो सभाले पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार  ०९ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।