धितोपत्र कारोबारको राफसाफ आजदेखि ‘टिप्लस टू’ मा

0
Shares

धितोपत्र बजारमा आइतबारदेखि खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिन ‘टिप्लस टू’ मा नै राफसाफ हुने भएको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित बनाउने र थप सहज बनाउने लक्ष्यका साथ दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको छ । सिडिएससीले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट संशोधित विनियमावली अनुसार कारोबार भएको दिन बाहेक दुई कार्य दिन ‘टिप्लस टू’ मा हुने व्यवस्था गरेको हो ।

धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पूँजी बजार थप चलायमान हुने विश्वास लिइएको धितोपत्र बोर्डले जनाएको छ ।

यससँगै स्टक ब्रोकर एसोसिएशन अफ नेपालले शेयर कारोबार राफसाफको चक्र ‘टि प्लस टू’ मा प्रभावकारी कार्यान्वयनका लागि लगानीकर्तालाई गम्भिर हुन अनुरोध गरेको छ ।

धितोपत्रको बिक्री गरिसकेपछि लगानी कर्ताहरुले आफुले बिक्री गरेको धितोपत्रको भारित औसत लागत गणना गर्ने र बिक्री गरेको धितोपत्र कारोबार भएको दिन बाहेक थप एक कार्यदिन टि प्लस वानको कार्यालय समय भित्र डीआइएस प्रयोग गर्ने भए सम्वन्धित निक्षेप सदस्यलाई भौतिक डीआइएस हस्तान्तरण गरी सम्बन्धित दलाल व्यवसायीलाई भारित औसत लागत घोषणा फारम भरी बुझाउने वा मेरो शेयरको प्रयोग गरी इडीआइएस मार्फत सम्बधित दलाल व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्तरण गर्न एसोसिएशनको अनुरोध गरेको छ ।

कुनैकारणबस विक्रि गरेको धितोपत्र टि प्लस टुको १२ बजे भित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्त्रण नभएमा धितोपत्रसंख्याको बिक्रि रकमको २० प्रतिशत रकम कोलोज आउटमा जाने र सो बराबरकोबिक्रि रकमको २० प्रतिशत रकम जरिवाना स्वरुप सम्बन्धित बिक्रि गर्ने लगानिकर्ताको खाताबाट कट्टी भई खरिद गर्ने लगानीकर्ताको खरिद हिसाबमा जम्मा हुने कानूनी व्यबस्था रहेको छ । बाँकी कारोबार राफसाफ पछि यथा सिघ्र विक्रि रकम लगानीकर्ताको खातामा जम्मा गर्ने दायित्व व्यवसायीको हुनेछ ।

दुई कार्य दिनभित्र कारोबारलाई राफसाफ गर्नका लागि धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली २०६९ को उपविनियम १३ लाई संशोधन गरी सिडिएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गरेको थियो । बोर्डले गत पुस २४ गते उक्त विनियमवाली स्वीकृत गरेको थियो । सिडिएससीको सञ्चालक समितिको निर्णयानुसार माघ ११ गतेदेखि लागू हुने व्यवस्था गरेको हो ।

‘टि प्लस टु’ कार्यान्वयनका लागि लगानीकर्तालाई गम्भिर हुन ब्रोकरहरुको आग्रह

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार  ०९ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।