
गणपति माइक्रोफाइनान्स (GMFBS) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
राष्ट्र बैंकले लघुवित्तलाई माघ ९ गते पत्र पठाउँदै लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँ बोनस र कर प्रयोजनका लागि ८ लाख ७४ हजार ३०२ रुपैयाँ नगद लाभांश साधारण सभाबाट अनुमोदन गराएर वितरण गर्न अनुमति दिएको हो ।
लघुवित्त कम्पनीको सञ्चालक समितिको पुस २२ गते सम्पन्न सञ्चालक समितिको ७६ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रस्तावित उक्त लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ७ लाख ४५ हजार रहेको छ । प्रस्तावित १ करोड ६६ लाख ११ हजार ७५० रुपैयाँ बराबरको बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया