गैरकानूनी इन्स्टिच्यूट सञ्चालन गरी ठगी गर्ने सञ्चालक २ वर्षपछि पक्राउ

0
Shares

नेपाल प्रहरीले गैरकानूनी रुपमा ७३ लाख ९३ हजार ९०९ रुपैयाँ ठगी गरी फरार रहेका सञ्चालकलाई २ वर्षपछि पक्राउ गरेको छ । 

कैलालीको गौरीगंगा नगरपालिका ८ बस्ने ३४ वर्षीय राजाराम चौधरीलाई चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चौधरीलाई भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यसअघि चौधरी फरार रहँदै आएका थिए ।

अभियुक्त चौधरीले सटिभिटिबाट अनुमति लिएको भन्दै अनुमति बिना नै गैरकानूनी रूपमा धनगढी उपमहानगरपालिका ८ स्थित सञ्चालन गरेको मल्टिस्किल इन्स्टिच्यूट अफ टेक्नोलोजी प्रा.ली. सञ्चालन गर्दै आइरहेका थिए ।

उक्त संस्थामा अध्ययनरत ११८ जनालाई झुक्याई ४९ लाख २८ हजार ४९५ रुपैयाँ ठगी गरेको मुद्धामा जिल्ला अदालत कैलालीको २०७४ चैत १४ गतेको फैसालाले उनलाई २ महिना कैद र ३ लाख २८ हजार ४९५ रुपैयाँ जरिवाना भएको थियो ।

२०७५ मङ्सिर ४ देखि मङ्सिर ७ गतेसम्म सोही इन्स्टिच्यूटमा बिद्यार्थीहरूको भर्ना शुल्क र मासिक शुल्क १९ लाख ६५ हजार ४ सय १४ रुपैयाँ ठगी फरार भएको तथा धनगढी उपमहानगपालिका १ बस्ने एक महिलालाई भारत बैंगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट मान्यता दिलाउन भन्दै ५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

साथै सोही कार्यमा संलग्न कैलाली, कैलारी गाउँपालिका ९ बस्ने ३३ वर्षीय शिव कुमार चौधरीलाई यसअघि माघ ५ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।