इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गरी आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

दुई संस्थाबीचको संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिएको बैंकले जनाएको छ । सिटी एक्सप्रेस फाइनान्ससँग गरिएको एकीकृत कारोबारले ग्राहकहरुलाई थप राम्रो सेवा दिने विश्वास बैंकको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरू मार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।