दश अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, अर्धबार्षिक रुपमा ब्याज पाइने

0
Shares

नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ।

सरकारले नेपाल राष्ट्र बैंक मार्फत बोलकवोल प्रक्रियावाट ७ वर्षे विकास ऋणपत्र २०८४ ‘ङ’ निष्काशन गर्न लागेको हो।

सो ऋणपत्र खरिदका माघ १३ गते राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा गोप्य रुपमा बोलपत्र पेस गनुृ पर्नेछ । यसरी पेस गरिएको बोलपत्र माघ १४ निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ।

धितोमा राखी कर्जा समेत लिन सकिने सो ऋणपत्रको सावाँ २०८४ माघ १४ गते भुक्तानी दिने केन्द्रिय बैंकले जनाएको छ । खरिदकर्ताले न्यूनतम ५० हजार देखि सो ले निषेश भाग जाने गरी कुल निष्कासीत रकमका लागी आवेदन दिन सक्नेछ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जवाट गर्न सकिने जनाएको छ ।

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ । केन्द्रिय बैंकवावाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउदैनन् । राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्व ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशत १ अर्ब ५० करोड गरी छ्ट्याएको छ । संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले लगानी गर्न सक्नेछ । कुनै एक पक्षको ऋणपत्र बिक्री नभएको खण्डमा अर्को पक्षलाई बिक्री गरीनेछ । माग भन्दा धेरै आवेदन परेको खण्डमा दामासाहीको हिसाबले बाडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र बोलमुल्य बोलपत्र फारममा उल्लेख गर्नु पर्नेछ । यो ऋणपत्रका लगानीकर्ताले प्रतिफलको रुपमा कति ब्याजदर पाउछन भन्ने कुरा बोलकबोल निष्काशनपछि तय हुने कट अफ रेटका आधारमा पाउने केन्द्रीय बैंकले जनाएको छ । तर, व्याज भने अर्धबार्षिक रुपमा भुक्तानी हुनेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७७, आइतबार  १९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।