समीट लघुवित्तले ४२ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
लघुवित्तले संस्थापक शेयरधनी रुप माया गुरुङ्गको नाममा रहेको १० हजार कित्ता, तारा देवी गुरुङ्गको १० हजार कित्ता, बाबुराज श्रेष्ठको ७ हजार ५ सय कित्ता, इन्दिरा कटुवालको नाममा रहेको ६ हजार कित्ता र तोशल कुमार दाहालको नाममा रहेको ९ हजार कित्ता संस्थापक समुहको शेयर बिक्री गर्ने भएको हो ।
लघुवित्तका अनुसार शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले फागुन १६ गते आइतबार सम्म संस्थाको केन्द्रीय कार्यालय गोरखामा आवेदन दिन जानकारी गराएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया