सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, छैन लाभांश

0
Shares

सामुदायिक लघुवित्तले फागुन ५ गते बुधबार सातौँ साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको माघ ८ बसेको संञ्चालक समितिको १५५ औँ बैठकले बिहान ११ बजे लहरीखर्क रिसोर्ट बनेपा १४ साँगामा सभा डाकेको हो ।

सभामा आ.व. २०७७/०७८ का लागि लेखापरिक्षकको नियुक्ति, २०७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका प्रस्तावहरु स्वीकृत गरिने छ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले माघ २५ गते शेयर दाखिला खारेजी बन्द गर्ने छ । तसर्थ माघ २२ गते बिहिबार सम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीले मात्र सभामा भाग लिन पाउने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।