तीब्र उतार चढावका बीच नेप्सेमा १६ अंकको बढोत्तरी, बजार पूँजीकरण ३३ खर्ब नजिक

0
Shares

शेयर बजार परिसूचक मापक तीब्र उतार चढावका बीच सोमबार नेप्सेले १६.०४ अंकले बढेर ऐतिहासिक उचाइ चुमेको छ । बजारको सुरुवाती पाँच मिनेटबाटै अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्नतर्फ लाग्दा उच्च बिक्रीचापका कारण घटेको नेप्से १२ बजेर ५४ मिनेटमा इन्ट्रा डे को सबैभन्दा न्यून बिन्दु २४०९.६२ बिन्दुसम्म झरेको हो । त्यसपछि लयमा फर्केको बजार २४४०.८७ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन २०८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर ७२ हजार ७७३ पटक कारोबार आउँदा कारोबार रकम ८ अर्ब ९० करोड ३५ लाख पुगेको छ । ठूला कम्पनीहरुको सूचप मापक सेन्सेटिभ इन्डेक्स ०.२४ अंकले घटेर ४५१.८२ बिन्दुमा झरेको छ ।

नेप्सेमा आएको उच्च सुधारसँगै लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । यो देशको कुल ग्राहस्थ उत्पादनको ८७ प्रतिशत हो ।

  • ब्यापारमा आकर्षण

सोमबारको शेयर बजारमा लगानीकर्ताहरु व्यापारमा आकर्षित भएका छन् । ब्यापारमा सूचीकृत बिशाल बजार कम्पनी र साल्ट ट्रेडिङ दुबैको मूल्यमा सुधार आएपछि उक्त उपसमुहको सूचक ३.१४ प्रतिशतले बढेर २९८४.९४ मा पुगेको छ ।

यस्तै अन्य र बैंकिङ्ग उपसमहुका सूचक १ प्रतिशत धेरैले बढ्दा निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्डको सूचक समान्य सुधारिएका छन् । उता लघुवित्त र होटलको सूचक १ प्रतिशत बढीले ऋणात्मक रहँदा विकास बैंक, जलविद्युत, वित्त, जीवन बीमा र उत्पादनमुलक सूचक पनि ऋणात्मक बनेका छन् ।

  • नेपाल लाइफको सर्वाधिक कारोबार

सोमबारको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । ५० रुपैयाँको तलमाथिको मूल्यमा कारोबार भएको कम्पनीको शेयर अन्तिममा स्थीर बनेर बन्द भएको छ । यसदिन नेपाल लाइफको मात्रै ६० करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसगरी नबिल बैंक ३३ करोड, एनसीसी बैंक ३१ करोड, एनआईसी एशिया बैंक २९ करोड, नेपाल बैंक २८ करोड, पुनर्बीमा कम्पनीको २३ करोड र कुमारी बैंकको २२ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । शिखर, नेशनल लाइफ र नेको इन्स्योरेन्सको शीर्ष दश ठूलो कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-01-25 15:00:00
NLIC 603,740,719.00 2,849.00
NABIL 331,703,579.00 1,176.00
NCCB 313,561,971.00 356.00
NICA 297,641,533.00 907.00
NBL 286,089,746.00 383.00
NRIC 230,750,285.00 1,550.00
KBL 224,391,054.00 298.00
SICL 194,254,731.00 2,136.00
NLICL 175,503,673.00 1,197.00
NIL 173,251,405.00 1,412.00
  • ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

सोमबार कारोबारमा आएका २०८ मध्ये ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नागरिक लगाानी कोष, गुँरास लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, नेशनल हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यसैगरी गोर्खाज फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, र नेपाल बैंकको शेयरमूल्य पनि ७ प्रतिशत बढीले सुधारिएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-01-25 15:00:00
CIT 4,169.00 379.00 10.00
GLBSL 1,404.00 127.00 9.95
PLI 523.00 47.00 9.87
MEN 526.00 47.00 9.81
NHPC 128.00 11.00 9.40
HPPL 280.00 24.00 9.38
GUFL 462.00 38.00 8.96
RBCL 17,900.00 1,296.00 7.81
NRN 397.00 28.00 7.59
NBL 383.00 25.00 6.98
  • श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य धेरै घट्यो

सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै ६.९८ प्रतिशतले गुमाएका छन् । सिन्धु विकास बैंक, प्रोगेशिभ फाइनान्स, र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य पाँच प्रतिशत धेरैले घटेको छ ।

यसैगरी नेपाल फाइनान्स, सामुदायिक लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, सबैको लघुवित्त, बेष्ट फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-01-25 15:00:00
SIFC 240.00 -18.00 -6.98
SINDU 190.00 -11.00 -5.47
PROFL 175.00 -10.00 -5.41
GBLBS 773.00 -41.00 -5.04
NFS 356.00 -18.00 -4.81
SLBSL 1,260.00 -60.00 -4.55
SMB 1,595.00 -74.00 -4.43
SABSL 1,373.00 -63.00 -4.39
BFC 173.00 -7.00 -3.89
CORBL 550.00 -22.00 -3.85

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।