कोरोनाका भाइरसको असर फैलँदै गएको समयमा समेत निरन्तर सुधारको गतिमा रहेको भारतीय शेयर बजार पछिल्ला दिनहरुमा घट्दो क्रममा देखिएको छ । गत साताको बिहीबार देखि घट्न थालेका भारतीय शेयर बजार सूचक सोमबार पनि सोही गतिमा देखिएको हो ।
अर्थतन्त्रको विपरित दिनशामा निरन्तर उकालो लागेको शेयर बजार सूचकले हालसम्मकै उच्च बिन्दु कायम गरेपनि पछिल्ला दिनहरुमा घट्न थालेका हो ।
कोरोनाले अरोध सृजना गरेको आर्थिक गतिविधिमा केही सुधार आएपछि शेयर बजारको पैसा अन्य क्षेत्र तर्फ सिफ्ट हुन थालेको देखिन्छ । साताको बिहीबार ४०० अंकले घटेको मुम्बइ स्टक एक्सचेन्ज सेनसेक्स शुक्रबार ७४६ अंकले घटेको थियो । त्यसैगरी आइतबार सेनसेक्स ५३१ अंकले घटेको छ ।
त्यसैगरी नेशनल स्टक एक्सचेन्ज सूचक निफ्टी पनि बिहीबार समान्य अंकले घटेको भएपनि शुक्रबार २१८ अंकले घटेको थियो । त्यसैगरी यो साताको सोमबार निफ्टी १३३ अंकले घटेको छ ।
अर्थतन्त्र करिब ९ प्रतिशतसम्मले नकारात्मक रहने अनुमान गरिएको समयमा शेयरको सुधारलाई बबलको रुपमा विज्ञहरुले ब्याख्या गर्दै आएका थिए । पछिल्ला दिनहरुमा आर्थिक गतिविधिमा आएको सुधारसँगै शेयर बजारमा पनि नाफा बुक गर्ने लगानीकर्ताको संख्या बढ्न थालेपछि बजार घट्ने क्रममा देखिएको छ ।
सोमबार रिलायन्स इण्डिष्ट्रिजको शेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले गिरावट आएपछि समग्र बजार नकारात्मक भएको हो । साथै भारत र चीन सैनिक बीच सिक्किम बोर्डरमा झडप भएपनि शेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।
सोमबार शेयर कारोबार बन्द हुँदा सेन्सेक्स ५३१ अंकले घटेर ४८३४८ अंकमा झरेको छ । त्यसैगरी निफ्टी पनि १३३ अंकले घटेर १४२३९ अंकमा बन्द भएको छ । सोमबार आइटी तथा अटो कम्पनीको शेयरको बिक्री चाप बढेपछि बजार नकारात्मक रहेको हो । तर, सोमबार बैंक तथा वित्त कम्पनीको शेयर मूल्यमा भने सुधार आएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया