पुनर्निर्माण प्राधिकरणका सव इन्जिनियर डेढ लाख घुस सहित पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सव इन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगले १ लाख ५० हजार घुस सहित जिल्ला आयोजना कार्यान्वयन इकाई, (शिक्षा) तनहुँका सव इन्जिनियर सुरेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।

इन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्र विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको सूचना पाउन साथ आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले इन्जिनियर अधिकारीलाई पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा आयोजना कार्यान्वयन इकाई, (शिक्षा) तनहुँका सव इन्जिनियर अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न पछि अन्तिम किस्ता निकासा गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

इन्जिनियर अधिकारीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७७, मंगलबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।