कामना सेवा विकास बैंकको ऋणपत्र माघ २२ गतेदेखि बिक्रीमा आउने

0
Shares

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले माघ २२ गते बिहीबारदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ निष्काशन गर्न लागेको हो ।

निष्काशित ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता बिक्री गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ ।

इच्छुक लगानीकर्ताले मेरो शेयरको एप तथा वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू र एनआईबिएल एस क्यापिटल लिमिटेड तथा कामना सेवा विकास बैंक लिमिटेड बाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । २२ गते बिहीबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ऋणपत्र निष्काशन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार अनुमति दिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  ०८ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।