स्वदेशी लघुवित्तको नाफा १२ करोडमाथि, १४९ प्रतिशतले बढ्यो

0
Shares

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (SDESI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड २ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको पुस मसान्तसम्ममा ४ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा १४९ प्रतिशतले बढेको हो ।

पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब २३ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १३ करोड ५७ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले ३३.५१ प्रतिशतले खुद व्याज आम्दानी वृद्धि गर्दै २० करोड ६७ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तको सञ्चालन नाफा १७ करोड १५ लाख ७४ हजार रुपैयाँ छ ।

एनआईसी एशिया लघुवित्तसँग मर्जरमा रहेको लघुवित्तको चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा ११ करोड ४५ लाख ०७ हजार रुपैयाँ सञ्चित छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८७.१३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.७२ रुपैयाँ रहेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात भने १.८२ बाट बढेर ४.१२ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।