नेप्सेमा तीन कम्पनीको ८४ लाख कित्ता बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको ८४ लाख १७ हजार ६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा बुधबार सिटिजन बैंक इन्टरनेशन, फस्ट माइक्रोफाइनान्स लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा सिजिटन बैंकको चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने ७२ लाख ७१ हजार ८५३ दशमलव ८३१८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यस्तै मेरो माइक्रोफाइनान्सको चुक्ता पूँजीको ९.५० प्रतिशतले हुन आउने ७ लाख ६० हजार ७०४ दशमलव ५४ कित्ता बोनस शेयर पनि बुधबार नै सूचीकृत भएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ४४८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धीत शेयरधनीले उक्त बोनस शेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

सिटिजन्स बैंकको मंसिर १० गतेसम्म, मेरो माइक्रोफाइनान्सको पुस १६ गतेसम्म र साल्ट ट्रेडिङको मंसिर १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त बोनस शेयर पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  १४ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।