
अभियान लघुवित्तले व्यवस्थापकीय श्रेणी र अधिकृत श्रेणीका लागि ४ कर्मचारीको दरखास्त आह्वान गरेको छ ।
लघुवित्तले व्यवस्थापकीय श्रेणी तर्फ नायब प्रबन्धक १ जना, सहायक प्रबन्धक १ जना र अधिकृत श्रेणी तर्फ वरिष्ठ अधिकृत १ जना र कनिष्ठ अधिकृत १ जना गरि जम्मा ४ जना कर्मचारी माग गरेको हो ।
लघुवित्तका अनुसार योग्यता पुगेका इच्छुक २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले माघ २८ गते बुधबार सम्म दरखास्त दिन सक्नेछन् ।
दरखास्त फारम लघुवित्तको केन्द्रीय कार्यालय, पनौती वा लघुवित्तको वेभसाइटबाट प्राप्त गर्न सकिन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया