यातायात व्यवस्था कार्यालय जनकपुरबाट घुस सहित दुई पक्राउ

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जनकपुरधामबाट कार्यरत दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले कार्यालय सहयोगी यातायात व्यवस्था कार्यालय, जनकपुरधामका भोगेन्द्र कापर र जनकपुर १० बस्ने बिचौलिया राज किशोर भगतलाई २ लाख ७३ हजार ८५० रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।

उनिहरुले “स्काभेटर र लोडर” को सवारी चालक अनुमतीपत्र (लाइसेन्स) वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट घुस उठाइरहेका थिए ।

उक्त खबर पाउन साथ आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कोठामा खानतलासी गर्दा २ लाख २३ हजार ८५० रुपैयाँ बरामद गरेको थियो ।

त्यस्तै परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भन्ने राज किशोर भगतको साथबाट परीक्षार्थीहरुको नाम र दर्ता नं. भएको कागजात सहित . ५० हजार फेला परेको हो ।

यातायात व्यवस्था कार्यालय, जनकपुरधामको परिसरबाटै माघ १३ गते नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।