
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) ले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।
बीमा समितिबाट मंसिर १५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरलले २०७७ माघ ११ देखि १४ गते सम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि तालिम आयोजना गरेको हो ।
उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।
यसबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया