अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने क्रममा साढे ९ लाख भ्रष्टाचार गरेको आरोपमा नापी अधिकृत सहित तीन जना विरुद्ध आरोप पत्र दायर गरेको छ ।

आयोगले ९ लाख ८३ हजार ७ सय रुपैयाँ बिगो मागदाबी लिई नापी कार्यालय रुपन्देही, भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासिनलाई मुद्या दायर गरेको हो।
अधिकृत र सर्भेक्षकले सार्वजनिक सम्पत्ति गैरकानूनी लाभ तथा हानी गरी खड्वा बनगाई ७ स्थित कि.नं. ३८७ को सार्वजनिक जग्गा छुट दर्ताको नाममा मुनाको नाममा दर्ता गराएका थिए । उनीहरुले पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी एवं प्रत्यक्ष फाइदा पु¥याउने काम गरेको आयोगले जनाएको छ ।
जग्गाधनी मुनाले नापी कार्यालय कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी गैरकानूनी लाभ हुने र नेपाल सरकारलाई गैरकानूनी हानी पु¥याउने काम गरेको उल्लेख छ।
हालका जग्गाधनीहरु कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा सरकारी सार्वजनिक जग्गा आ(आफ्नो नाममा गराउन कुनै कसुरजन्य कार्य गरेको नभई गैरकानूनी रुपमा अन्य व्यक्तिको नाममा कायम भएको जग्गा आफ्नो नाममा खरिद गरेको देखिएको आयोगको भनाई छ ।
अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया