अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

0
Shares

नेपाल प्रहरीले अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेको छ ।

गत मंसिर ३० गते गृह मन्त्रालयले किसानको पैसा नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

सोही निर्देशन बमोजिम अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित उनको निवासबाट पक्राउ गरिएको हो ।

सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलले उखु किसानको बक्यौता रकम नतिरेपछि प्रहरीले सञ्चालक अग्रवाललाई पक्राउ गरेको हो । अग्रवाल इन्दिरा चिनी मिलका समेत सञ्चालक हुन् ।

अन्नपूर्ण चिनी मिलले १७ करोड रुपैयाँ उखु किसानको बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । हालसम्म मिलले किसानलाई ९ करोड ९० लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ ।

आन्दोलनरत किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत पुस १३ गते २१ दिनभित्र उद्योगीबाट भुक्तानी दिलाइदिने ४ बुँदे सहमति सहमित भएपछि मंसिर २८ गतेदेखि माइतीघरमा धर्नामा रहेका किसानहरुले आन्दोलन स्थगित गरेका थिए ।

तर उक्त निर्देशन बमोजिम अन्नपूर्ण चिनी मिलले अहिलेसम्म मात्रै किसानलाई भुक्तानी नगरेपछि सञ्चालकलाई पक्राउ गरिएको हो । उखु किसानको बक्यौता भुक्तानी नगरेकाले अग्रवाल विरुद्ध सर्लाही र नवलपरासीमा ठगी मुद्दा समेत दर्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०७७, बिहिबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।