खुलामुखी म्युचुअल फण्डको राफसाफ पनि ‘टि प्लस टू’ मा

0
Shares

नेपालको पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को इकाई राफसाफ तथा फछ्र्यौट पनि टि प्लस टू लागू गरिएको छ ।

यसअघि इकाईहरुको राफसाफ तथा फछ्र्यौट प्रणाली हाल टि प्ल थ्री मा हुँदै आईरहेकोमा यस योजनाको विवरण पुस्तिकामा सो चक्रलाई कार्र्य प्रणाली तथा दक्षतामा अभिवृद्धि गर्दै घटाउँदै लगिने उल्लेख भए बमोजिम टिप्लस टू लागू गरिएको हो ।

नेपालको धितोपत्र बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र टि प्लस टू कायम गरिएको अभ्यासलाई समेत दृष्टिगत गर्दै यस योजनाका इकाईहरु माघ १४ गते बुधबारदेखि टिप्लस टू प्रणालीमा राफसाफ तथा फछ्र्यौट गर्ने व्यवस्था लागू गर्न लागिएको योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

नेपालको धितोपत्र बजारमा धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्रलाई टि प्लस थ्री बाट घटाएर टि प्लस टू कायम गरिएको अभ्यासलाई समेत दृष्टिगत गर्दै यो योजनामा समेत राफसाफ तथा फछ्र्यौट चक्र घटाइएको जनाएको छ ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०७७, बिहिबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।