उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका लागि सरकारले पुर्नकर्जा दिने तयारी गरेको बताएका छन् ।
नेपाल इँटा उद्योग महासङ्घको १२औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले बन्द भएका उद्योग सञ्चालनका लागि पुर्नकर्जा दिने विषयमा छलफल चलिरहेको बताए ।
उनले भने, “कोरोनाका कारण बन्द भएका उद्योग सञ्चालनका लागि राज्यले दायित्व बहन गर्छ ।” सरकारले उद्योग क्षेत्रमा लगाएका कर एकद्वार प्रणाली अवलम्बन गरिने उनले बताए ।
कृषिमा विदेशी लगानी भित्र्याउन खोजिएको भन्दै किसानले विरोध गरिरहेका बेला मन्त्री भट्टले बुझाइमा कमजोरी भएका कारण अनावश्यक कुरा बाहिर आएको छ भने । उनले भने, “कृषिमा प्रविधि भित्र्याउन खोजिएको हो विदेशी लगानी भित्र्याउन खोजिएको होइन ।” कृषिमा प्रविधि भित्र्याएर कम लागतमा उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया