नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको बाँडफाँड आज, अधिकतम ६० कित्तासम्म पाउने

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बिहान १० बजे अलटमेन्ट हुँदैछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न लागिएको हो ।

बुधबार प्रि अलमेन्ट गरी धितोपत्र बोर्डबाट स्वीकृति पश्चात शुक्रबार बिहान आईपीओ बाँडफाँड गर्न लागिएको क्यापिटलले नोटबजारलाई जानकारी दिएको छ । बुधबार प्रि-अलोटमेन्ट गरी शुक्रबार बिहान १० बजे आईपीओ बाँडफाँडको लागि क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।

निफ्राको आईपीओ १० देखि ५० कित्ता माग गर्नेलाई माग अनुसार नै पाउने भएका छन् । यसरी बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ६० कित्ता वा सोभन्दा बढी कित्ताका लागि माग गर्नेमध्येबाट गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँड हुने क्यापिटलले जनाएको छ ।

यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । अन्य बाँकीले अधिकतम ५० कित्तासम्म शेयर पाउनेछन् । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।

बैंंकले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।

आईपीओमा माघ २ देखि ६ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट मार्फत भर्न सकिने व्यवस्था गरिएको थियो ।

बैंंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर ९आईपीओ० हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।

पूर्वाधार क्षेत्र (जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य) हरुमा लगानी गर्ने मूल उद्देश्य लिई स्थापित बैंकले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति पाएको थियो। सो लगत्तै २०७५ फागुन २२ गतेदेखि नै आफ्नो औपचारिक बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

बैंकको अधिकृत पूँजी ४० अर्ब र संस्थापकहरुबाट चुक्ता पूँजी १२ अर्ब छ । सर्वसाधारणहरुलाई शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७७, शुक्रबार  ०६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।