सिद्धार्थ बैंक लिमिटेड (SBL) ले आज १९औं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ । बैंकले आम्रपाली बैंक्वेटमा, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
यस्तै सिद्धार्थ बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखेको छ ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन पनि गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस २८ गते बुकक्लोज गरेकाले २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया