हिमालयन डिष्टिलरीको नगद लाभांश वितरण

0
Shares

हिमालयन डिष्टिलरी (HDL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीको बैंक खातामा सोझै नगद लाभांश वितरण गरेको हो ।
क्लियरिङ्ग हाउसको आईपीएस प्रणाली मार्फत हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका शेयरधनीको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको पुस २९ गते, बुधबारका दिन सम्पन्न २० औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश पारित भएको थियो ।

कम्पनीले हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशीघ्र बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७७, शुक्रबार  ०८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।