
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले शुक्रबारको १९ औं वार्षिक साधारण सभाबाट थप २०० प्रतिशत (एक बराबर दुई अनुपातमा) हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
समस्याग्रस्त संस्थाबाट मुक्ता भई तंग्रदै गरेको बैंकले लाभांश वितरण गर्नसक्ने अवस्था नहुँदा विद्यमान शेयरधनीलाई हकप्रदमाथि पुन हकप्रद बिक्री गरेर पूँजी कायम गर्ने भएको हो । बैंकले हाल एक बराबर एक अनुपातमा हकप्रद शेयर बिक्री गरिरहेको छ । बोनस वितरण गर्ने क्षमता नहुँदा शेयरधनीबाट रकम उठाएर राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्ने भएको हो ।
बैंकको पुस २१ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजे १९औं वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकको सभाले हाल बिक्री गरिरहेको १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ताको १ः२ अनुपातमा हकप्रद जारी गर्ने र नारायणी डेभलपमेन्ट बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति गर्ने वा एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा राखेको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस २९ गते बुकक्लोज गरेकोले २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया