नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता तीन कम्पनीको ८४ लाख १७ हजार ४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार सिटिजन्स बैंक, फर्स्ट माइक्रोफाइनान्स र साल्ट ट्रेडिङ कर्पाेरेशनको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।
सिटिजन्स बैंकको ७२ लाख ७१ हजार ८५३ दशमलव ८३१८ कित्ता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७ लाख ६० हजार ७०४ दशमलव ५४ कित्ता र साल्ट ट्रेडिङ कर्पाेरेशनको ३ लाख ८४ हजार ४८८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सिटिजन्स बैंकको मंसिर १० गते, फर्स्ट माइक्रोफाइनान्सको मंसिर ४ गते र साल्ट ट्रेडिङ कर्पाेरेशनको बोनस शेयर मंसिर १४ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।
यी कम्पनीका शेयरधनीले डिम्याट खातामा शेयर प्राप्त हुने वित्तिकै दोस्रो बजारमा उक्त बोनस शेयर कारोबार गर्न सक्नेछन् ।
सिटिजन्स बैंकको मंसिर २९ गते, फस्ट माइक्रोफाइनान्सको मंसिर १८ गते र साल्ट ट्रेडिङ कर्पाेरेशनको मंसिर ३० गते सम्पन्न साधारण सभाले उक्त बोनस पारित गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया