बी.ओ.के क्यापिटलको विशेष साधारण सभा सम्पन्न

0
Shares

बी.ओ.के क्यापिटल लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न भएको क्यापिटलको विशेष साधारण सभाले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ जनालाई सञ्चालक निर्विरोध नियुक्त गरेको छ ।

यस्तै उक्त संस्थाको ७० औं सञ्चालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ वर्षको लागि अध्यक्ष नियुक्त गरेको छ ।

क्यापिटलमा बैंक अफ काठमान्डूको तर्फबाट महेश मिश्र, चन्द्रराज शर्मा र दिपक गौतम तथा सि.एफ.एस रेमिट प्रा.लिको तर्फबाट रबिन्द्र बल्लब पन्त सञ्चालन नियुक्त भएका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७७, शुक्रबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।