
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर बाँडफाँडको नतिजा नोटबजार डटकममा प्रकाशित भएको छ । बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको हो ।
आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको शीर्षस्थानको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ रिजल्ट (IPO Result) मा जानुहोस । त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई कति कित्ता आईपीओ पर्यो हेर्न सकिन्छ ।
क्यापिटलका अनुसार निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् । १० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण गरिने भएको छ । यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।
यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदन योग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
क्यापिटलका अनुसार ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता र ५० कित्ताका लागि मात्र आवेदन गर्ने १ लाख ७९ हजार ९३८ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् । ६० कित्ता बढी शेयर आवेदन गर्नेले ११ लाख ९४ हजार ४ जनाले ५० कित्ताका दरले अनिवार्य रुपमा शेयर पाएका छन् भने ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता शेयर पाएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया