विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँ र ५ सय डलर सहित एक पक्राउ

0
Shares

प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ १ हजार ५ सय अमेरिकी डलर सहित एक जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट शुक्रबार राति पक्राउ गरिएको हो ।

नेपाल एयरलाईन्सको उडानद्वारा दुवई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७७, आइतबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।