
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ८.९७ रुपैयाँले बढाएको छ ।
गत आवको पुस मसान्तमा १९.१८ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २८.१५ रुपैयाँ पुगेको हो । गत आवको यसै अवधिको तुलनामा खुद नाफामा ७१.६४ प्रतिशतले बढेसँगै गत आवको नाफाबाट १६.६९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी भएको वृद्धिको बाबजुत लघुवित्तको इपिएसमा उच्च बढोत्तरी आएको हो ।
लघुवित्तले पुस मसान्तसम्ममा १४ करोड ७ लाख ३२ हजार रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ८ करोड १९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको लघुवित्तले पुस मसान्तसम्ममा ३० करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी २४ करोड ९ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ४६ करोड ११ लाख निक्षेप संकलन र ७ अर्ब २९ करोड ९१ लख रुपैयाँ सापटी लिई १० अर्ब ४७ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीषा अवधिमा १०४ प्रतिशतले कर्जा लगानी बढाएको कम्पनीको सापटी पनि १०४ र निक्षेप संकलन ४५ प्रतिशत धेरैले वृद्धि भएको छ ।
निक्षेप संकलनको विस्तार र कर्जा लगानीमा आएको सुधारले संस्थाको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा पनि बढेको छ । गत आवको पुसमा ११ करोड ७ लाख रहेको लघुवित्तको सञ्चालन नाफा १६ करोड ६२ लाख रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको जगेडा कोषको आकार २८.८३ प्रतिशतले वृद्धि भई ३४ करोड ५३ लाख ५१ हजार कायम भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात २.०५ प्रतिशतमा पुग्दा प्रतिशेयर नेटवर्थ १३४.५४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३६.४२ गुणा र कोषको लागत ५.४१ प्रतिशत छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया