सिद्धार्थ बैंकको नगद लाभांश वितरण

0
Shares

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

बैंकले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन अर्थात पुस २७ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै नगद लाभांश जम्मा गरेको हो ।

बैंकको माघ १६ गते शुक्रबार सम्पन्न भएको उन्नाइसौँ वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस शेयर र करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पारित गरेको थियो ।

यस्तै बैंकले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश वितरण गर्नका लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकको बोनस शेयर भने सिडिएस र नेप्सेमा सूचीकृत भएपछि मात्र लगानीकर्ताको डिम्याट खातामा आउनेछ । 

बैंकको हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । शेयर धितो राखेका शेयरधनीहरुले भने लाभांश प्राप्त गर्न शेयर धितो राखेको सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।