गणपति लघुवित्तले डाक्यो साधारण सभा, १५.७९% लाभांश अनुमोदन हुँदै

0
Shares

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते, शुक्रबार चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको माघ १६ गते शुक्रबार सम्पन्न साधारण सभाले ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।

लघुवित्तको चौंथो वार्षिक साधारण सभाले सञ्चालक समितिको पुस २२ गते, बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट शेयरधनीहरूलाइ वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

त्यसैगरी वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले फागुन १४ गते शुक्रबार देखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार फागुन १३ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।