सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी ८० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार गरिएको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया