आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ७ करोड १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५८ प्रतिशत बढी हो।
गत आवको यसै अवधिमा लघुवित्तले २ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएकोमा ४ करोड ७० लाख रुपैयाँले नाफा बढाएको हो ।
चुक्ता पूँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५२.४२ रुपैयाँ छ । जगेडा कोषमा ११ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १४३.६१ रुपैयाँ र मुल्य आम्दानी अनुपात २४.५१ गुणा छ ।
यस अवधिमा लघुवित्तले १ अर्ब ७ करोड ७० लाख रूपैयाँ निक्षेप संकलन तथा बैंक वित्तीय संस्थाबाट १ अर्ब ८६ करोड ७७ लाख रुपैयाँ सापटी गरी ३ अर्ब २० करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड ४२ लाख रुपैयाँले बढेर ११ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै सञ्चालन नाफा पनि उच्च बढोत्तरी हुँदै ९ करोड १० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात बढेर ४.९८ प्रतिशत पुगेको छ । लघुवित्तीको निक्षेप संकलन लागत ६.३९ प्रतिशत रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया