सिर्जना फाइनान्स (SFFIL) को नाफा घटेको छ । चालु आवको पुस मसान्तसम्ममा फाइनान्सले २ करोड ३२ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा ३ करोड १२ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको नाफा २५.६१ प्रतिशतले घटेको हो ।
फाइनान्सको वितरणयोग्य नाफा १ करोड ५७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी ८४ करोड ७८ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ५.४९ रुपैयाँ र जगेडा कोषमा १७ करोड ८१ लाख रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ १३७.१३ रुपैयाँ कायम भएको छ । यस्तै शेयरधनी कोषमा १२ करोड ४३ लाख ६८ हजार रहेको छ ।
चालु आवको ६ महिनामा ८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट फाइनान्सले १८ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ३ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.५९ प्रतिशतले बढेपनि सञ्चालन नाफा २५.६१ प्रतिशतले घटेको छ ।
पुस मसान्तसम्ममा फाइनान्सको यसको खराब कर्जा अनुपात ३.४८, पूँजीकोष अनुपात १६.७१ प्रतिशत, कोषको लागत ६.०४ प्रतिशत, आधारदर ८.०४ प्रतिशत र स्प्रेडदर ७.८९ प्रतिशत छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया