प्रहरीले चोरी गरेको आरोपमा बर्दिबासका १५ वर्षीय किसोरलाई पक्राउ गरेको छ ।
प्रहरीले बर्दिबास नगरपालिका ५ टुटेश्वर बरडाँडा बस्ने किशोरलाई आइतबार बेलुका पक्राउ गरेको हो । भने चोरीमा संलग्न २ जना फरार भएका छन् ।
उनिहरुले बर्दिबास १० बिश्वकर्मा चोकमा रहेका कुल बहादुर देवकोटाको घरबाट कोही नभएको अवस्थामा १ लाख ७६ हजार रुपैयाँ नगद र करिब साढे ३ तोला बराबरको सुनका विभिन्न गहना चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चोरीमा संलग्न फरार रहेका अन्य २ जनाको खोजी भइरहेको छ ।










प्रतिक्रिया