चन्द्रागिरीको आईपीओः यो साता सूचीकरणः अर्को सातादेखि कारोबार

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेड (CHHL) को शेयर यस साता सूचीकरण भई आगामी साताको सुरुवातदेखि कारोबारमा आउने भएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलले शेयर सूचीकरणका लागि सिडिएस एन्ड क्लियरिङ लिमिटेडसँग सम्झौता गरी आवश्यक प्रकृया पूरा भैसकेको जनाएको छ । यससँगै भोलि सूचीकरणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणका लागि आवश्यक फाइल पठाइने भएको छ ।

नोटबजारसँग कुराकानी गर्दै क्यापिटलका एक उच्च अधिकारीले भने ‘शेयर सूचीकरणका लागि सिडिएस एन्ड क्लियरिङ लिमिटेडसँगको काम सकिएको छ । हामी भोलि नेप्सेमा सूचीकरणका लागि फाइल पेश गर्दैछौं । नेप्सेले आवश्यक अध्ययन गरी सम्झौताका लागि बोलाएपछि छिटोभन्दा छिटो सूचीकरण सकाउन क्यापिटल लागेको छ । ढिलोमा पनि शुक्रबारभित्र सूचीकरणको काम सकिने हाम्रो अनुमान छ ।’

यसअनुसार सम्भव यही बिहीबार र सो सम्भव नभए आइतबारदेखि चन्दागिरीको शेयर पाएका लगानीकर्ताले नेप्सेमा बिक्री गर्न सक्नेछन् भने शेयर नपाउने लगानीकर्ताले दोस्रो बजार मार्फत खरीद गर्न सक्नेछन् ।

चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त शेयर माघ ९ गते शुक्रबार बाँडफाँड गगरिएको थियो । जसमा १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २ जनाले ११ कित्ता पाएका छन् ।

  • नेपाल इन्फ्रास्टक्चर बैंकको कहिले ?

यस्तै सर्वसाधारणमा माघ २ देखि ६ गतेसम्म सबैभन्दा ठूलो शेयर जारी गरेको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को शेयर सूचीकरण प्रकृया पनि अगाडि बढेको छ ।

कम्पनीको शेयर शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलले सोमबार सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा आवश्यक कागजात बुझाएको जनाएको छ ।

सिडिएससीबाट सम्पूर्ण प्रकृया सकिने बित्तिकै नेप्सेमा सूचीकरण गर्ने तयारी रहेको बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

यस बैंकको पनि आगामी आइतबार शेयर कारोबार खुला गर्नेगरी प्रकृया अगाडि बढाइएको क्यापिटलले जनाएको छ । सबैभन्दा ठूलो निष्काशन भएकाले आवश्यक काम सकिन केही समय लाग्ने भएकाले बैंकको आईपीओ सूचीकरणका लागि पनि प्रक्रिया अघि बढाइ सकिएको क्यापिटलको भनाई छ ।

क्यापिटलले आफ्नो तर्फबाट प्रकृया अगाडि बढाइसकेकोले अब सिडिएस एण्ड क्लियरिङ्गमा सोच अनुसार प्रकृया सम्पन्न भएको खण्डमा बैंकको आईपीओ पनि आगामी आइतबारबाटै धितोपत्रको दोस्रो बजारमा कारोबार आउनेछ ।

निफ्राले कुल ८ करोड कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता माघ १६ गते शुक्रबार शेयर बाँडफाँड गरेको थियो ।

जसमा १० देखि ५० कित्ताम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै र ४ लाख ९२ हजार ७२ जना आवेदकलाई थप १० कित्ता गरी ६० कित्ता तथा बाँकी सदर आवेदकलाई पनि ५० कित्ताका दरले शेयर वितरण गरिएको हो ।

आइपीओमा आवेदन गरेका कुल १४ लाख ८१ हजार २८४ आवेदकमध्ये ६ हजार २७६ आवेदन रद्ध भई १४ लाख ७५ हजार ८ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार  १८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।