एनआईसी एशिया बैंकले विभिन्न कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री गर्न सास्ती खेपेको छ। पटक पटक सूचना प्रकाशित गर्दा पनि शेयर नबिकेपछि उच्च नाफा देखाउने बैंकको योजना विफल हुँदैछ।

बैंकले पुन शेयर मुल्य घटाएर विभिन्न ३ कम्पनीहरुको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने सूचना जारी गरेको छ ।
बैंकले नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।
बैंकले नागरिक लगानी कोषको न्यूनतम शेयरमूल्य प्रतिकित्ता १ हजार ६२३ रुपैयाँ, नेशनल लाइफको ५३० रुपैयाँ र सूर्या लाइफको ३७८ रुपैयाँ तोकेको छ। बैंकले पटक पटकको प्रयास गर्दा पनि शेयर बिक्री नभएपछि मूल्य घटाउँदै सूचना जारी गर्दै आएको छ ।
यसअघि बैंकले नागरिक लगानी कोषको न्यूनतम शेयरमूल्य १ हजार ७१५ रुपैयाँ, नेशनल लाइफको ५५० रुपैयाँ र सूर्या लाइफको ३३७ रुपैयाँ तोकेको थियो। बैंकले यसअघि पनि थुप्रै पटक शेयर बेच्ने प्रयास गरेको थियो ।
शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले माघ २० गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। यसअघि बैंकले पुस १९ गतेदेखि २४ गतेसम्ममा बोलकबोल प्रक्रियाबाट शेयर खरिद गर्न आह्वान गरेको थियो।
लगानीकर्ताहरुले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन।
बैंकको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया