अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरण बरहथवाका इलेक्ट्रिसियनलाई ८ हजार घुस सहित पक्राउ गरेको छ ।
आयोगले सर्लाहीको बरहथवा नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरण, बरहथवा वितरण केन्द्र सर्लाहीमा कार्यरत इलेक्ट्रिसियन मनोज कुमार पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेले विद्युत मिटरको क्षमता बृद्धि गर्नको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको अवश्थामा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।
पाण्डेलाई सेवाग्राहीबाट ८ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया