.jpg)
हालैमात्र सर्वसाधारणमा शेयर जारी गरेर धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार खुलेको २३ औं दिनमा समेत बढेर प्रभु लाइफको शेयरप्रतिकित्ता ९२४ रुपैयाँ पुगेपछि हालै आईपीओ जारी गरेका सबैजसो बीमा कम्पनीको शेयरको भाउ बढेको छ ।
पुस १९ गते आइतबारदेखि शेयर कारोबारमा आएको यस कम्पनीके भाउ अस्भाविक रुपमा वृद्धि भएपछि अन्य नयाँ कम्पनीहरुको भाउ पनि बढेको हो । प्रभु लाइफको शेयर १३७ रुपैयाँमा पहिलो कारोबार खुलेकोमा ७८७ रुपैयाँ बढेर ९२४ पुगेको हो। यो भनेको ५७४.४५ प्रतिशतको वृद्धि हो ।
प्रभु लाइफसँगै मंगलबार अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, र सानिमा जनरल इन्स्योरेन्सको पनि शेयरमूल्यमा सर्किट लागेको छ ।
नयाँ बीमा कम्पनीको शेयर गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएकोले कतिपय शेयर बिक्रीमा आउने अवस्था छैन। नेप्से ऐतिहासिक उचाइतर्फ बढेपछि बजारमा लिक्वीडिटी कम भएका कम्पनीको शेयरमा कारोबारीहरुले मूल्य बढाएर चलखेल थालेका हुन् ।
बीमा कम्पनीहरुसँगै मंगलबार दर्जन भन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन १७ कम्पनीको शेयर मूल्यमा वृद्धि आएको हो । आज युनाइटेड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै, जनउत्थान समुदायिक लघुवित्तको ९.९८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स ९.९८ प्रतिशत, गुँरास लाइफ इन्स्योरेन्स ९.९५ प्रतिशतले बढेको छ ।
यस दिन ९ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि हुने १७ कम्पनीमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । नयाँ बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढ्दा अन्य नयाँ जीवन तथा पूराना निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि आएको छ ।
आजको बजारमा ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन २०० कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।
आज सर्वाधिक शेयर मूल्य वृद्धि हुने कम्पनीहरुमा यूनाइटेड इन्स्योरेन्स, प्रभु लाईफ, जन उत्थान सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, सर्पोट लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, प्रुडेन्सिल इन्स्योरन्स, माउन्टेन इनर्जी, लुम्बिनी जनरल इन्स्योरेन्स , नेपाल इन्स्योरेन्स लगायतका कम्पनी रहेका छन् । यी कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतका दरले वृद्धि आएको छ ।
यस दिन ओरियन्टल होटलको शेयर मूल्यमा ४ प्रतिशको गिरावट आएको छ । सोल्टी होटल, श्री इन्भेष्टमेन्ट फाइनान्स, तारागाउँ रेजेन्सी होटल, सेञ्चुरी कर्मसियल बैंक, नारायणी डेभलपमेण्ट बैंक, वेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमोटर शेयरको शेयर मूल्यमा २ प्रतिशतका दरले गिरावट आएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया