
स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) खराब कर्जा असुलीले ६ करोड ६१ लाख ८६ हजार रुपैयाँ खुद नाफामा पुगेको छ ।
चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १० करोड ६७ लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको लघुवित्तले २० करोड ६० लाख रुपैयाँ खराब कर्जा असुली गर्दा नाफामा पुगेको हो ।
गत आवको यसै अवधिको तुलनामा लघुवित्तको खराब कर्जा अनुपात १.३२ बाट बढेर २.७९ प्रतिशत पुग्दा लघुवित्तले २० करोड ४७ लाख रुपैयाँ सम्भावित जोखिम कोषमा छुट्टाएको छ । सोही कारण कम्पनी सञ्चालन नोक्सानीमा पुगेको थियो । यद्यपी सम्भावित जोखिम कोषमा छुट्टाएभन्दा बढी खराब कर्जा अपुली गर्दा कम्पनीले गत पुसको तुलनामा १८.७२ प्रतिशतले खुद नाफा बढाएको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ५ करोड ५७ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएकोमा १ करोड ५७ लाख रुपैयाँले बढेको हो ।
चुक्ता पूँजी ३६ करोड ५९ लाख ३७ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३६.१७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४७.४४ रुपैयाँ, निक्षेप संकलन लागत ७.६२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.७३ गुणा छ । समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषको आकार ७३.५२ प्रतिशतले बढेर १७ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा लघुवित्तले २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ निक्षेप र १ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ७७ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानीमा सामान्य सुधार भई १३ करोड ५७ लाख रुपैयाँ कायम भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया