गणपति लघुवित्तको नाफा ७८% ले बढ्यो

0
Shares

गणपति लघुवित्त वित्तीय संस्था (GMFBS) को खुद नाफा ७७.९६ प्रतिशतले बढेको छ । गत आवको तुलनामा चालु आवको पुस महिनाको तुलनामा लघुवित्तले ७७.९६ प्रतिशतले खुद नाफा वृद्धि गर्दै २ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आवको यसै अवधिमा लघुवित्तले एक करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६ करोड ३६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ४ करोड ३७ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा २ करोड ४८ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ३९ लाख रुपैयाँ थियो ।

पुस मसान्तसम्ममा लघुवित्तले ३९ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब ५ करोड ४४ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ५४ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पूजी १० करोड १२ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ४६.४३ रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३४.६६ रुपैयाँ कायम भएको छ । यस्तै मूल्य आम्दानी अनुपात १९.०१ गुणा छ ।

अघिल्लो पुसमा लघुवित्तको खराब कर्जा ०.५९ प्रतिशत रहेकोमा बढेर ०.६६ प्रतिशत पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।