
नेकपाबाट विभाजित प्रचण्ड(माधव समुहले बिहीबार आमहड्ताल र आगामी बुधबार राजधानीमा प्रदशर्न गर्ने कार्यतालिका सार्वजनिक गरेपछि घट्दो बजारमा महङ्गा शेयरमूल्य भएको लघुवित्तको शेयरको भाउ झनै महङ्गिएको छ ।
बुधबारको बजारमा शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीको सूचीमा पाँच लघुवित्त कम्पनी रहेका छन् । ती सबै लघुवित्तको शेयरको भाउ प्रतिकित्ता २ हजार रुपैयाँभन्दा धेरै रहेको छ ।
नेप्से परिसूचक घटे पनि बुधबारको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, माहुली सामुदायिक लघुवित्त गरी चार कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस्तै सपोर्ट माइक्रो फाइनान्सको शेयरमूल्यमा ४ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै शेयर मूल्यमा बढेको अन्य कम्पनीहरुमा अरुण कावेलीको शेयर मूल्यममा ७.७१ प्रतिशत, जनरल इन्स्योरेन्सको ५.०७ प्रतिशत, सानिमा माई हाइड्रोपावरको ५.०१ प्रतिशत, राधी विद्युत कम्पनीको ४.९९ प्रतिशत र ग्लोबल आईएई बैंकको ४.९९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज पोखरा फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका नारायणी डेभलपमेण्ट बैंक, मल्टिपपर्स फाइनान्स, प्रोगेशिभ फाइनान्स, यूनाईटेड मोदी हाइड्रो पावर, हिमालयन जनरल, लक्ष्मी लघुवित्त, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, १०.२५ % सनराइज बैंक डिवेञ्चर २०८३ र नेपाल पूनर्बीमा कम्पनीको शेयर मूल्य घटेको छ । यी कम्पनीको शेयर मूल्य ३ प्रतिशतले घटेको छ ।
बुधबार नेप्से परिसूचक ६.८१ अंकले घटेर दुई हजार ४६६ दशमलव ९२ को बिन्दुमा बन्द भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया