कालिका लघुवित्तले कमायो पौने ३ करोड खुद नाफा

0
Shares

कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले चालु आवको ६ महिना अवधिमा पौने ३ करोड नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा २७ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको कमाएको लघुवित्तले चालु आवको यसै अवधिमा २ करोड ७५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।  जनसेवी लघुवित्तसँग मर्जर पश्चात लघुवित्तको कार्यक्षेत्र र व्यवसायमा आकर्षक बढोत्तरी भएको हो । समीक्षा अवधिमा लघुवित्तको नाफा २ करोड ४८ लाख रुपैयाँ अर्थात ५९.६१ प्रतिशतले बढेको हो।

चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २१.८४ रुपैयाँ छ । जगेडा कोषमा १७ करोड ४३ लाख ५२ हजार रुपैयाँ सञ्चित हुँदा प्रतिशेयर नेटवर्थ १६९.१० रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ९१.५८ गुणा छ ।

समीक्षा अवधिमा कालिकाको खुद ब्याज आम्दानी ८ करोड १६ लाखबाट बढेर १३ करोड ३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४२ लाख ५५ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन नाफा ९५ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तले १ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३४ करोड रुपैयाँ सापटीबाट २ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३१ करोड रुपैयाँ सापटी लिएर २ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यस्तै खराब कर्जा अनुपात बढेर ४.६६ प्रतिशत पुगेको छ । यस अवधिमा सम्भावित कर्जा जोखिमका लागि ६ करोड ९३ लाख ४७ हजार रुपैयाँ छुट्याएको ३ करोड ४१ लाख ६२ हजार रुपैयाँ कर्जा असुली गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  १७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।