तीन रुपैयाँ इपिएस रहेको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य १८० गुणा महङ्गो

0
Shares

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड २७ लाख रुपैयाँ नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ३.१२ रुपैयाँ कायम गरेको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य आम्दानीको तुलनामा १८० गुणा महङ्गो देखिएको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा बैंकको दोस्रो त्रैमासमा ३४१ रुपैयाँ रहँदा नै बैंकको शेयरमूल्य आम्दानीको आधारमा १०९ गुणा महङ्गो देखिएको हो ।

माघ २१ गते कायम भएको शेयरमूल्यका प्रतिकित्ता ५६२ को आधारमा हेर्दा बैंकको मूल्य १८० गुणा महङ्गो छ ।

साधारणतया: शेयर बजारमा लगानीका लागि मूल्य आम्दानी अनुपात २० देखि ३० गुणा हुनु राम्रो मानिन्छ । तर बैंकको हकप्रदर र सीमित शेयर संख्या रहेकाले शेयर बजारमा कारोबारीहरुले मूल्य बढाउँदा आम्दानीभन्दा १८० गुणा मूल्य पुगेको हो । यस्ता कम्पनीको शेयरमा गरिने लगानी जोखिमपूर्ण मानिन्छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले खुद नाफा अघिल्लो आवको तुलनामा ४७.६० प्रतिशतले घटेको हो । गत आवको दोस्रो त्रैमासम्ममा२ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा १ करोड २७ लाखमा झरेको हो ।

चुक्ता पूँजी ४१ करोड रुपैयाँ रहेको कर्पोरेटको प्रतिशेयर नेटवर्थ १५३.८७ रुपैयाँ छ । बैंकको जगेडा कोषमा २३ करोड रुपैयाँ सञ्चित छ । बैंकको खराब कर्जा अनुपात घटेर ४.२५ प्रतिशतमा सुधारिएको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि उच्च घटेको छ । बैंकले १ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४१ लाख ७७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत आवको तुलनामा क्रमश ३०.५८ र ८५.४६ प्रतिशतले कम हो ।

पुस मसान्तसम आइपुग्दा बैंकले ३९ करोड ६३ लाख करोड रुपैयाँ निक्षेप संकलन गरी ३० करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  १८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।