
तारागाउँ रिजेन्सी होटलले फागुन १४ गते २४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । होटलले आफ्नो रिजष्टर्ड कार्यालय बौद्ध काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।
सभामा सञ्चालक समितिले प्रस्तावित लाभांश पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
होटलले हाल कायम चुक्ता पूँजी एक अर्ब ८८ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया